काठमाडौँ- आईसीसी लिग २ अन्तर्गतको यूएई भ्रमणको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध चौथो झड्का लागेको छ।
केहीबेरअघि क्रिज सम्हाल्न पुगेका आरिफ सेख पनि २ रनमा बाहिरिएका छन्। २४.१ ओभरमा शौरभ नेत्रभाल्करको बलमा आरिफ क्याच आउट भए। यसअघि भीम सार्की ४३ रन, कुशल भुर्तेल ४७ रन र आसिफ सेख २ रनमा आउट भए।
अहिले क्रिजमा कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी छन्। नेपालले २५ ओभर समाप्तिमा ५ विकेटको क्षतिमा ११६ रन बनाएको छ। खेल जारी छ।
प्रकाशित: १५ कार्तिक २०८२ १३:०१
प्रतिक्रिया



