नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा बुझायो आवश्यक कागजात

हिमाल प्रेस २३ कार्तिक २०८२ १८:२६
14
SHARES
नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा बुझायो आवश्यक कागजात

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरु निर्वाचन आयोगमा बुझाएको छ।

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु वर्षमान पुन, राजेन्द्र पाण्डे, देव गुरुङलगायतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन्।

नेपाली कम्युनिस्ट पार्टी आवद्ध दलका प्रतिनिधिहरुले विधान, माइनुट, नयाँ पार्टीको घोषणापत्र लगाएतका कागजात बुझाइएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

सबै कागजात पूरा गरेर आयोगलाई दिएको भन्दै छिटै दल दर्ताको प्रमाणपत्र प्राप्त हुने उनले बताए।

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पार्टीले निरन्तर कम्युनिस्ट एकतालाई जारी राख्ने बताए।

जनार्दन शर्मा, घनश्याम लगायतका नेताहरु एउटै बाटोमा रहे पनि आफूहरु मूल बाटोमा लाग्दा जनार्दन र घनश्याम घुम्तीमा नै अल्मलिएको उनले बताए। उनले सबै नेताहरुलाई एकतामा सहभागी हुन आह्वान समेत गरे।

पुनले छुटेका नेताहरु पनि एक दिन कम्युनिस्ट एकतामा आउने विश्वास व्यक्त गरे। माओवादी, नेकपा एकीकृत समाजवादी लगायत १० बामपन्थी दलबीचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले यसअघि नै दल दर्ताका लागि आयोगमा निवदेन दिएको थियो। दल दर्ताका लागि केहि कागजात अपुग भएपछि आयोगले माग गरे बमोजिमको कागजात सो पार्टीले उपलब्ध गराएको हो।

प्रकाशित: २३ कार्तिक २०८२ १८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast