काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय यूएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले आयोजक यूएईलाई २४० रनको लक्ष्य दिएको छ। खेल यूएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३९ रन बनाएको हो।
नेपालका लागि भीम सार्कीले ४८, कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आशीफ सेखले ३४, आरिफ सेखले ३० र सन्दीप लामिछानेले नटआउट १५ रन बनाए। अन्यले भने दोहोरो अंक बनाउन सकेनन्। नेपालमा नेपालले २१ रन एक्स्ट्रा पाएको थियो।
यूएईका लागि जुनैद सिद्दीकी, ध्रुव पराशर र मोहम्मद जवादुल्लाले समान २–२ विकेट लिएका थिए। जाहिद अलीले एक विकेट लिए।
जारी शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो।
अमेरिका, नेपाल र यूएई सहभागी यो शृंखलामा अमेरिका अपराजित छ।



