नेपालले गुमायो पहिलो विकेट, भुर्तेल आउट

हिमाल प्रेस १९ कार्तिक २०८२ ११:३४
8
SHARES
नेपालले गुमायो पहिलो  विकेट, भुर्तेल आउट

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग- २ शृंखलाअन्तर्गत बुधबार जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।

उनी दोस्रो ओभरको पाँचौं बलमै केवल दुई रन बनाउँदै आउट भए । उनले केवल नौ बलको सामना गरे । आयोजक यूएईका बलर जाहिद अलीले उनलाई विकेटकिपर आर्यान्श शर्माद्वारा क्याच गराए ।

पहिलो विकेट गुमाउँदा नेपालले केवल चार रन बनाएको छ । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।

जारी शृंखलामा नेपाल र यूएई दुवैको यो अन्तिम खेल हो ।

प्रकाशित: १९ कार्तिक २०८२ ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast