हङकङ सिक्सेसमा अफगानिस्तानसँग नेपाल १७ रनले पराजित

हिमाल प्रेस २१ कार्तिक २०८२ ११:००
10
SHARES
हङकङ सिक्सेसमा अफगानिस्तानसँग नेपाल १७ रनले पराजित

काठमाडौँ- हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानसँग १७ रनले पराजय ब्यहोरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेटको क्षतिमा १ सय १२ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।

अफगानिस्तानका करिम जनितले सर्वाधिक ३५ रन जोडे। नेपालका रसिद खानले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित ४ विकेट हात पारे भने लोकेश बमले १ विकेट लिए।

जवाफमा १ सय १३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्रै बनाउन सक्यो। ओपनर सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै १४ बलमा ८ छक्का र १ चौकासहित ५३ रन बनाएपछि नियम अनुसार ५० रन पार गरेपछि रिटायर्ड हुनुपर्‍यो।

अर्का ओपनर लोकेश बमले १० रन बनाए भने रसिद खान र मोहम्मद आदिल आलमले समान ११-११ रनको योगदान दिए। रुपेश श्रेष्ठ १ रनमा नटआउट रहे। अफगानिस्तानका फरमुल्ला र इजाज अहमद अहमदजाईले समान १-१ विकेट लिए।

नेपालले अब समूह चरणको अन्तिम खेल शनिबार दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ।

प्रकाशित: २१ कार्तिक २०८२ ११:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast