काठमाडौँ- निर्वाचन घोषणापछि मतदाता नामावलीमा नाम दर्ता गराउनमा उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन आयोगका अनुसार शुक्रबार साँझसम्म १ लाख १४ हजार ६५७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन्।
जसमा ८७ हजार ९७४ जना पुरुष, ५८ हजार ६६३ महिला र २० जना यौनिक तथा लैंगिक अल्पसंख्यक अर्थात अन्य व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार शुक्रबार मात्रै १० हजार ५९३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। जसमा ६ हजार १०७ पुरुष र ४,४८४ महिला र २ जन अन्यले मतदाता नामावली दर्ता गराएका छन्।
यस्तै २० गते बिहीबार मात्रै ११ हजार १९७ जनाले मतदाता नामावलीमा दर्ता गराएका आयोगले जनाएको छ । जसमा ६ हजार ४६१ र ४,७३४ महिला र २ जना अन्यले मतदाता नामावलीमा दर्ता गराएका छन् ।



