रूपन्देहीको मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन

हिमाल प्रेस ३ मंसिर २०८२ २१:१३
4
SHARES
रूपन्देहीको मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन

भैरहवा (रूपन्देही)- रूपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ। मंसिर २ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार गाउँपालिकाको नाम ‘मर्चवारी गाउँपालिका’ बाट परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’ कायम गरिएको छ।

यसका साथै गाउँपालिकाको केन्द्र पनि साविकको वडा नं ३ रायपुरबाट परिवर्तन गरी वडा नं ४ खैरामा सारिएको छ। गाउँपालिकाको आधिकारिक स्रोतका अनुसार यस क्षेत्रको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको मर्चवारीमाई भगवतीको मन्दिरलाई आत्मसात गर्दै गाउँपालिकाको पहिचानलाई अझ बलियो बनाउन ‘मर्चवारीमाई’ नाम राखिएको हो। यो मन्दिर यस क्षेत्रको पुरानो धार्मिक स्थलमध्ये पर्दछ।

गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं ४ खैरामा सरेसँगै यस क्षेत्रका स्थानीय बासिन्दालाई सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ। साविकको केन्द्र रायपुरबाट खैरामा सारिएको यो निर्णयले गाउँपालिकाभित्रका सबै वडाका जनताको पहुँचलाई मध्यनजर गरेको गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले जानकारी दिए। उनले लामो समयदेखि यो प्रस्तावमन्त्री परिषद्मा पठाइएको र अहिले यस विषयमा निर्णय आएको बताए।

केन्द्र परिवर्तन नभएकै कारण हालसम्म पालिकाको आफ्नै प्रशासनिक भवनसमेत निर्माण हुने सकेको छैन। ‘यस परिवर्तनले गाउँपालिकाको प्रशासनिक तथा भौगोलिक संरचनामा नयाँ अध्याय थपेको छ, जसलाई कार्यान्वयन गर्न अब गाउँपालिकाले आवश्यक तयारी गर्नेछ,’ अध्यक्ष बरईले भने।

प्रकाशित: ३ मंसिर २०८२ २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast