नइ एकेडेमीले विजय मल्लको शताब्दी महोत्सव गर्ने

हिमाल प्रेस २४ कार्तिक २०८२ १६:०८ | Monday, November 10, 2025
10
SHARES
नइ एकेडेमीले विजय मल्लको शताब्दी महोत्सव गर्ने

काठमाडौँ- नइ एकेडेमीले नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवको आयोजना गर्ने भएको छ। नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा आज (सोमबार) बसेको बैठकले महोत्सव गर्ने निर्णय गरेको हो।

आयोजककाअनुसार महोत्सवका अवसरमा डा.साधना प्रतीक्षाकृत ‘नारीवादी नाटककार विजय मल्ल’ र नरेन्द्रराज प्रसाईले लेखेको ‘विजय मल्लको जीवनी’ कृति पनि प्रकाशित गरिनेछ। महोत्सवको आर्थिक संयोजकमा नइ एकेडेमीका पूर्व कोषाध्यक्ष सुरबहादुर श्रेष्ठ रहेका छन्।

विशिष्ट स्रष्टा विजय मल्ल बहुआयामिक सिर्जनात्मक योगदान गर्ने अमर व्यक्तित्व रहेकाे एकेडेमीकाे भनाइ छ। मल्लको जन्म १९८२ सालमा काठमाडौँमा भएको थियो।

प्रकाशित: २४ कार्तिक २०८२ १६:०८ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast