काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरूलाई १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
सभामा पारित लाभांश योजनाअनुसार १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत नगद लाभांश वितरण गरिनेछ।
सभाले विशेष प्रस्तावका रूपमा बैंकको चुक्ता पुँजी ९ अर्ब ३ लाख ८८ हजार ७६७.११ पु¥याउने निर्णयसमेत गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।
योसँगै प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन र नेपाल राष्ट्र बैंकले तोकेको प्रावधानअनुसार वाणिज्य बैंकमा स्तरोन्नतिको प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकारी प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित भएको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरू पनि पारित गरेको छ।
उद्घाटन सत्रमा सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले कार्यक्रम आरम्भ गरेका थिए। कार्यक्रममा सञ्चालक सदस्य भरतप्रसाद लम्सालले स्वागत मन्तव्य र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र आगामी राण्नीतिबारे जानकारी दिएका थिए।
बैंकले आगामी वर्षमा ग्राहक सेवा विस्तार, डिजिटल बैंकिङ प्रवद्र्धन र पूँजी सुदृढीकरणमा प्राथमिकता दिनेछ।



