सुर्खेतमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस १० मंसिर २०८२ २०:११ | Wednesday, November 26, 2025
38
SHARES
सुर्खेतमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सुर्खेत- सुर्खेतमा बुधबार साँझ स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-७ का २३ वर्षीय महेश सापकोटा रहेका छन्।

वीरेन्द्रनगर-१२ चाँदनीचोकस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा गम्भीर घाइते सापकोटाको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

पृतना रोडबाट नेवारेतर्फ आउँदै गरेको सैनिक आवासीय महाविद्यालय मंगलगढी सुर्खेतको बा. प्र.०१००४ क ५५७४ नम्बरको स्कुल बसले विपरीत दिशातर्फ जाँदै गरेको भे ८ प ४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको सुर्खेत प्रहरीका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

प्रहरीले सवारी साधन र बस चालक राजेन्द्रबहादुर शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: १० मंसिर २०८२ २०:११ | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast