काठमाडौँ- नेपाल शैक्षिक परामर्श सेवा संघले शिक्षा मन्त्रालयको अनुमतिबिना शैक्षकि मेला आयोजना गर्न लागेको पाइएको छ। काठमाडौंको होटल एभरेष्टमा आज कोरियन विश्वविद्यालयको समेत सहभागितामा शैक्षिक मेला आयोजना गर्न लागेको हो।
तर, शिक्षा मन्त्रालयले भने उक्त संस्थाले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ बमोजिम अनुमति समेत नलिएको र विदेशी शिक्षण संस्थाको संलग्नता रहँदा नेपाल सरकारलाई तिर्नुपर्ने रकम समेत नतिरेको जनाएको छ।
मन्त्रालयले अनुमति बिना सञ्चालन गर्न लागेको कार्यक्रम स्थगत र कारबाही गर्न भनि गृह मन्त्रालयलाई पत्रचार समेत गरिसकेको अवस्थामा पनि उक्त संस्थाले मेला स्थगित गरेको छैन। शिक्षा मन्त्रालयले अनुमति बिना सञ्चालन हुने कार्यक्रम स्थगन र कारबाही गर्न अनुरोध गरेको छ।
मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेख्दै उत्त संस्थाले यस मन्त्रालयबाट शैक्षिक परामर्श सेवा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ अनुसारको अनुमति नलिएको र अमेरिकी डलर १००० को दरले आउने राजश्व समेत अपचलन भएकफ कारण नियम विपरीत सञ्चालन हुन लागेको परामर्श सम्बन्धी कार्य बन्द गर्न अनुरोध गरेको छ। संस्थाका अध्यक्ष सन्तोष खनाललाई यसबारे बुझ्न खोज्दा उनी सँग फोन सम्पर्क हुन सकेन।
मेलामा नेपाल शैक्षिक परामर्श सेवा संघ(NECSA) मा आबद्ध कन्सन्लटेन्सीहरु र कोरियाका ९ विश्वविद्यालयहरूको संलग्नता छ।



