शिक्षा मन्त्रालयद्वारा कर्मचारीका लागि विद्यावारिधि र अनुसन्धान वृत्ति खुला

हिमाल प्रेस ३० कार्तिक २०८२ १७:२३ | Sunday, November 16, 2025
64
SHARES
शिक्षा मन्त्रालयद्वारा कर्मचारीका लागि विद्यावारिधि र अनुसन्धान वृत्ति खुला

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा प्रशासन प्रवर्द्धन शाखाले सार्वजनिक सेवामा कार्यरत कर्मचारीका लागि विद्यावारिधि वृत्ति तथा अनुसन्धान अवसर उपलब्ध गराउने सूचना जारी गरेको छ।

मन्त्रालयका अनुसार विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले सार्वजनिक क्षेत्रका कर्मचारीको क्षमता अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन र उच्च शिक्षाको विकासलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरेको हो। यसबारे यूजीसीले कात्तिक १८ गते मन्त्रालयमा पठाएको पत्रसहित सूचना सार्वजनिक गरिएको उल्लेख छ।

शाखा अधिकृत पुष्पा घिमिरेद्वारा जारी सूचनामा विद्यावारिधि वृत्ति तथा अनुसन्धान कार्यक्रममा सहभागि हुन इच्छुक उम्मेदवारले आवश्यक कागजात संलग्न गरी आवेदन दिन आग्रह गरिएको छ।

कार्यक्रमअनुसार सार्वजनिक सेवामा कार्यरत कर्मचारीले आफ्नो शैक्षिक योग्यता र अनुसन्धान अभिरुचिअनुसार आवेदन दिन पाउनेछन्। मन्त्रालयले यसले कर्मचारीको सीप, दक्षता र शैक्षिक स्तर उकासिने विश्वास व्यक्त गरेको छ।

सो सूचना विश्वविद्यालय अनुदान आयोग, सानोठिमीलाई बोधार्थ पठाइएको छ भने शैक्षिक प्रविधि तथा विद्युतीय सुशासन शाखामा ‘लाईट’ प्रणालीमार्फत अपलोड गर्न अनुरोध गरिएको छ।

 

प्रकाशित: ३० कार्तिक २०८२ १७:२३ | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast