शिक्षा मन्त्रालयले माग्यो निजी विद्यालयसँग तीन वर्षको छात्रवृत्ति विवरण

हिमाल प्रेस २५ कार्तिक २०८२ १०:२९ | Tuesday, November 11, 2025
22
SHARES
शिक्षा मन्त्रालयले माग्यो निजी विद्यालयसँग तीन वर्षको छात्रवृत्ति विवरण

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका संस्थागत विद्यालयलाई पछिल्ला तीन शैक्षिक सत्रका छात्रवृत्ति विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ।

मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमार्फत पठाएको पत्रमा शिक्षा ऐन, २०२८ को दफा १६ ञ अनुसार विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशत विपन्न, अपांग, महिला, दलित वा जनजाति विद्यार्थीलाई नि:शुल्क छात्रवृत्ति प्रदान गर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ।

निर्देशनमा भनिएको छ, ‘संस्थागत विद्यालयहरूले शैक्षिक सत्र २०८०, २०८१ र २०८२ मा उपलब्ध गराइएका छात्रवृत्तिको विवरण यथाशीघ्र मन्त्रालयमा पठाउन अनुरोध गरिन्छ।’

मन्त्रालयले विद्यार्थी अधिकार सुनिश्चित गर्न र विद्यालयहरूको कानुनी अनुपालन अवस्थाको मूल्यांकनका लागि यो विवरण आवश्यक रहेको जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०८२ १०:२९ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast