मन्त्री पुनको बालेनप्रति कटाक्ष- सर्को तानेको बेला नबोल्न र नलेख्न अनुरोध

हिमाल प्रेस १६ कार्तिक २०८२ ९:५९
40
SHARES
मन्त्री पुनको बालेनप्रति कटाक्ष- सर्को तानेको बेला नबोल्न र नलेख्न अनुरोध

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले काठमाडौँ महानगरका प्रमुख बालेन शाहप्रति कटाक्ष गरेका छन्।

गएराति सामाजिक सञ्जालमा अपाच्य शैलीमा अमेरिका, चीन, भारत र नेपालका मुख्य राजनीतिक दलहरूलाई व्यंग्य गरेर लेखेपछि शिक्षामन्त्री पुनले उनीप्रति कटाक्ष गरेका हुन्।

पुनले आइतबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्,‘केही-केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला-बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ। सर्को ताने पनि केही छैन तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ।’

बालेनको उक्त भनाइलाई लिएर सामाजिक सञ्चालनमा बहस भइरहेको छ।

प्रकाशित: १६ कार्तिक २०८२ ९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast