बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयका माग १५ दिनभित्र पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

हिमाल प्रेस १६ कार्तिक २०८२ १२:४१
24
SHARES
बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयका माग १५ दिनभित्र पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ- सहरी विकासमन्त्री कुलमान घिसिङसहितको टोलीले आइतबार बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग भेट गरी स्थानीयका मागहरू १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएको छ। यससँगै अब उपत्यकाको फोहोर व्यवस्थापन हुने बताइएको छ।

स्थानीयहरूले चार दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा अवराेध पुर्‍याएका थिए। फोहोर व्यवस्थापनमा समस्या भएपछि मन्त्री घिसिङसँगै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई लगायतको टोली पनि बिहानै बञ्चरेडाँडामा पुगेको थियो।

महानगरपालिका सहित उपत्यकाका अन्य स्थानीय तहहरूबाट दैनिक १५० भन्दा बढी फोहोर बोक्ने गाडी बञ्चरेडाँडामा पुग्ने गर्छन्। उक्त ल्याण्डफिल साइटका कारण नुवाकोटको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिका साथै धादिङको धुनवेँशी नगरपालिकाका स्थानीयहरू लामो समयदेखि प्रभावित हुँदै आएका छन्।

प्रकाशित: १६ कार्तिक २०८२ १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast