फोहोर समस्या समाधान गर्न बञ्चरेडाँडामा मन्त्री घिसिङ

हिमाल प्रेस १६ कार्तिक २०८२ ११:१८
18
SHARES
फोहोर समस्या समाधान गर्न बञ्चरेडाँडामा मन्त्री घिसिङ

काठमाडौँ- काठमाडौँको फोहोर व्यवस्थापन अवरुद्ध भएपछि सहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार बञ्चरेडाँडा पुगेका छन्। स्थानीयवासीले फोहोर लैजाने सवारीसाधन रोकेपछि मन्त्री घिसिङले स्थलमै पुगेर स्थिति निरीक्षण गरेका हुन्।

स्थानीयको अवरोधका कारण पाँच दिनदेखि राजधानीको फोहोर उठाउन सकिएको छैन। यसबीच मन्त्री घिसिङ स्थानीय प्रतिनिधि र सरोकारवालासँग छलफलमा जुटेका छन्।

फोहोर व्यवस्थापनका क्रममा स्थानीयले आफ्ना मागहरू अघि सारेपछि काठमाडौँ महानगरपालिका बञ्चरेडाँडामा फोहोर फाल्न नसकेको हो।

हाल काठमाडौँ महानगरपालिका र आसपासका स्थानीय तहबाट दैनिक झन्डै  १ हजार २ सय टन फोहोर उत्पादन हुँदै आएको छ।

समयमै फोहोर व्यवस्थापन नहुँदा राजधानीका विभिन्न क्षेत्र दुर्गन्धले ग्रस्त भएका छन्।

प्रकाशित: १६ कार्तिक २०८२ ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast