एमालेका कार्यकर्तालाई विद्या भण्डारीको सन्देश : मेरो सदस्यता अनुचित तरिकाले रोकियो, तर सँगै छु

हिमाल प्रेस ११ मंसिर २०८२ ९:०५ | Thursday, November 27, 2025
18
SHARES
एमालेका कार्यकर्तालाई विद्या भण्डारीको सन्देश : मेरो सदस्यता अनुचित तरिकाले रोकियो, तर सँगै छु

काठमाडौँ- पूर्व राष्ट्रपति एवं नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारीले महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो सदस्यता अनुचित तवरले नवीकरण नगरेको दोहोर्‍याएकी छिन्।

सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्, ‘मैले दुइवर्ष अघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण म स्वयं यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु।’

विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुने विश्वास समेत उनले व्यक्त गरेकी छिन्।

उनले भनेकी छिन्, ‘महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिंगो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय हो। विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पंत्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने नै छ।’

प्रकाशित: ११ मंसिर २०८२ ९:०५ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast