फा‌‌‌‌‌‌‌‌‌ल्गुनन्दबाट सहिष्णुता, सद्‍भाव, सुशासन, अहिंसा एवम् समाज सुधारको अभियानमा सक्रिय भइरहन प्रेरणा मिलोस् : राष्ट्रपति

हिमाल प्रेस २५ कार्तिक २०८२ ७:१५
2
SHARE
फा‌‌‌‌‌‌‌‌‌ल्गुनन्दबाट सहिष्णुता, सद्‍भाव, सुशासन, अहिंसा एवम् समाज सुधारको अभियानमा सक्रिय भइरहन प्रेरणा मिलोस् : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द जयन्तीबाट धार्मिक, सामाजिक, सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्‌भाव कायम राख्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

आज १४१ औँ जन्मजयन्तीको अवसर शुभकामना दिँदै राष्ट्रपति पौडेलले फाल्गुनन्दले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्। ‘महागुरु फाल्गुनन्दले धार्मिक गुरु तथा सामाजिक अभियन्ताको रूपमा समाज सुधारक भई धर्म, भाषा, लिपि, परम्पराको संरक्षण र विकासमा समेत कार्य गर्नु भएको पाइन्छ।’

उनले भनेका छन्,’सामाजिक रूढीवादीको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउन उहाँले दिनुभएको मार्गनिर्देशले वर्तमान समाजलाई नैतिक, सभ्य र एकतावद्ध बनाउँदै आपसी सम्मान, मेलमिलाप र समाजसेवाको भावना अभिवृद्धि गर्न थप बल पुग्नेछ भन्ने मलाई लागेको छ।’

प्रकाशित: २५ कार्तिक २०८२ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast