काठमाडौँ- नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक अगाडि सचिवालय बैठक बसिरहेको छ।
दिउँसो १ बजेदेखि नै प्रज्ञा भवन कमलादीमा बैठक बस्ने तय भए पनि अझै केन्द्रीय समितिको बैठक सुरु हुन सकेको छैन।
आयोजक समितिको बैठकअघि अहिले प्रज्ञा भवनमै माओवादीको सचिवालयको बैठक बसिरहेको एक नेताले जानकारी दिए। उनले सचिवालयको बैठक सकिएलगत्तै आयोजक समितिको बैठक सुरु हुने बताए।
                            प्रकाशित: १८ कार्तिक  २०८२ १४:१७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

