माओवादी-माधव नेपालको एकता त्रुटिपूर्ण, कम्युनिस्ट आन्दोलन अझ कमजोर भयो : घनश्याम भुसाल (पूर्णपाठ)

हिमाल प्रेस १९ कार्तिक २०८२ १३:०५ | Wednesday, November 5, 2025
40
SHARES
माओवादी-माधव नेपालको एकता त्रुटिपूर्ण, कम्युनिस्ट आन्दोलन अझ कमजोर भयो : घनश्याम भुसाल (पूर्णपाठ)

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीभित्रका धेरै नेताहरू एकता प्रक्रियामा गए पनि आफ्नो समूह अझै सशक्त रूपमा बाँकी रहेको बताएका छन्। बुधबार पत्रकार सम्मेलनमा उनले आफ्नो समूह अझै सशक्त रूपमा बाँकी रहेको बताएका हुन्।

उनले भने, ‘केन्द्रीय समितिको बहुसंख्यक हिस्सा एकतामा गएको भए पनि हाम्रो टिम अझै मजबुत छ। पदाधिकारीहरू थोरै होलान् तर स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा पर्याप्त साथीहरू छन्। जिल्लास्तरमा त हामी अझै बहुमतमा नै छौँ।’

भुसालले माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकतालाई ‘त्रुटिपूर्ण’ भन्दै आलोचना गरे। ‘माधव नेपालहरूले गरेको एकता प्रक्रियामा दृष्टिकोणको स्पष्टता छैन। समस्या मान्छेहरूको संख्यामा होइन, विचार र दिशामा हो,’ उनले भने, ‘पार्टीको बहुमत पक्ष एकतामा गए पनि बाँकी समूहले नेकपा एकीकृत समाजवादीकै नाममा र आफ्नै हैसियतमा क्रियाशील रहनेछ।’

भुसालले आगामी मंसिरको पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने जानकारी दिए। उनले भने, ‘त्यो भेलामा हामी गम्भीर छलफल गरेर आगामी कदमबारे निर्णय गर्नेछौं।’

पूर्णपाठ

प्रकाशित: १९ कार्तिक २०८२ १३:०५ | Wednesday, November 5, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast