बालाचतुर्दशीमा मन्दिर घुम्न गएका पुरुषको खोलामा डुबेर मृत्यु

हिमाल प्रेस ३ मंसिर २०८२ १९:३० | Wednesday, November 19, 2025
12
SHARES
बालाचतुर्दशीमा मन्दिर घुम्न गएका पुरुषको खोलामा डुबेर मृत्यु प्रतीकात्मक तस्बिर।

इटहरी- सुनसरीको रामधुनीस्थित खोलामा नुहाउने क्रममा एक जना तीर्थालुको मृत्यु भएको छ। अर्का एक जनाको उद्धार गरिएको छ। बालाचतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका तीर्थालु बिहान खोलामा पसेका थिए।

मृत्यु हुनेमा मोरङको सुन्दरहरैंचा–३ का ४१ वर्षीय देवेन्द्र भट्टराई रहेका छन्। नुहाउन पुगेका तीन जनामध्ये भट्टराईलाई खोलाले बगाएको थियो।

घटनामा इनरुवा नगरपालिका–५ का ५८ वर्षीय भीमराज काफ्लेलाई खोलाले बगाउँदै लगिरहेको अवस्थामा प्रहरी टोलीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो। स्वास्थ्यमा सुधार आएपछि उनलाई दिउँसो डिस्चार्ज गरिएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०८२ १९:३० | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast