मधेश सभामुखको ‘एक्सन’ उल्टियो, पाँच सांसदको पद जोगियो

हिमाल प्रेस २८ कार्तिक २०८२ ८:०० | Friday, November 14, 2025
76
SHARES
मधेश सभामुखको ‘एक्सन’ उल्टियो, पाँच सांसदको पद जोगियो

काठमाडौँ- मधेश प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिता कुमारी राउतले बदर गरेकी छन्।

सभामुखविरुद्ध प्रदेशसभामा महाभियोग प्रस्ताव दर्ता भएको केही घण्टामै मण्डलले बिहीबार जनता समाजवादी पार्टी (जसपा)का चारजना र नागरिक उन्मुक्ति पार्टीका एकजना सांसदलाई लगातार १० बैठक अनुपस्थित रहेको भन्दै पदमुक्त गर्ने सूचना जारी गरेका थिए।

तर, त्यसको लगत्तै उपसभामुख राउतले अर्को सूचना जारी गर्दै महाभियोग प्रस्ताव दर्ता भइसकेपछि सभामुखको पद स्वतः रिक्त हुने दाबी गरिन्। त्यसकारण मण्डलले गरेका सबै निर्णय मान्य नहुने र पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय बदर भएको उनले सूचित गरिन्।

सभामुख मण्डल एमालेबाट निर्वाचित हुन् भने उपसभामुख राउत जनमत पार्टीबाट निर्वाचित भएकी हुन्।

मधेशका पाँच प्रदेशसभा सदस्य पदमुक्त

 

मधेश प्रदेशका सभामुख मण्डलविरूद्ध महाअभियोग प्रस्ताव दर्ता

प्रकाशित: २८ कार्तिक २०८२ ८:०० | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast