मधेश प्रदेश प्रमुख भण्डारीको कार्यकक्षमा तोडफोड

हिमाल प्रेस २४ कार्तिक २०८२ ११:५७ | Monday, November 10, 2025
6
SHARES
मधेश प्रदेश प्रमुख भण्डारीको कार्यकक्षमा तोडफोड

काठमाडौँ- मधेश प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा तोडफोड भएको छ। नेकपा एमालेबाहेकका दलहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यकक्षमा तोडफोड गरेका हुन्।

भण्डारीले गैरसंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेससहितका दलका प्रदेश सांसदहरूले कार्यकक्षमा तोडफोड गरेका छन्। उनीहरूले कार्यकक्षभित्र रहेको झन्डा, टेबल, कुर्सीलगायतका समान तोडफोड गरेका छन्। तोडफोडबाट कार्यालयमा सामान्य क्षति पुगेको बताइएको छ।

एमालेबाहेकका दलहरूले प्रदेश प्रमुख भण्डारीको राजीनामा माग्दै नाराबाजीसमेत गरेका छन्। प्रदेश प्रमुख भण्डारीले सरकार गठनका लागि आह्वान नै नगरी बर्दिवासको एक होटलमा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई ‘लुकेर’ मुख्यमन्त्री नियुक्त गरेपछि अन्य दलहरू विरोधमा उत्रिएका छन्।

प्रकाशित: २४ कार्तिक २०८२ ११:५७ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast