अन्योलमा मधेश सरकार गठन, बिरामी निहुँमा काठमाडौँ लागिन् प्रदेश प्रमुख

हिमाल प्रेस २४ कार्तिक २०८२ ७:०० | Monday, November 10, 2025
8
SHARES
अन्योलमा मधेश सरकार गठन, बिरामी निहुँमा काठमाडौँ लागिन् प्रदेश प्रमुख

काठमाडौँ- मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी अस्वस्थ भएको भन्दै आज बिहानै काठमाडौं प्रस्थान गरेकी छन् । उनी बिहान चार बजेतिर मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सरकारी निवासबाट काठमाडौंतर्फ प्रस्थान गरेकी हुन्।

उनलाई मुख्यमन्त्री जितेन्द्र सोनलले बिदाइ गरे ।

प्रदेश प्रमुख भण्डारी निवासबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री सोनलले भने प्रदेश प्रमुख अचानक अस्वस्थ्य भएको र उपचारका लागि काठमाडौं जान लागेको बताए । भेटमा आफूले स्वास्थ्य लाभको कामना गरेर बिदा गरेको जानकारी पनि उनले दिए ।

उनले प्रदेश प्रमुख भण्डारी स्वस्थ भएपछि थप राजनीतिक प्रक्रिया अघि बढ्ने बताए । प्रदेश प्रमुखको निवास अगाडि लोसपाका नेताहरूले धर्ना दिएका थिए। उनीहरूले ठूलो दलको हैसियतमा नभई दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनाउने धाराबाट सरकार बनाउन प्रदेश प्रमुखमाथि दबाब बढाएका थिए। यही कारण सुवेदी काठमाडौँ प्रस्थान गरेको एक नेताले बताए।

प्रकाशित: २४ कार्तिक २०८२ ७:०० | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast