मधेशका मुख्यमन्त्री यादव भन्छन्- लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेँ

हिमाल प्रेस २५ कार्तिक २०८२ १५:५२ | Tuesday, November 11, 2025
10
SHARES
मधेशका मुख्यमन्त्री यादव भन्छन्- लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेँ

जनकपुरधाम- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताएका छन्।

आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले आफू मधेशका समस्या समाधान गर्न वर्तमान संविधानअनुसार मुख्यमन्त्री बनेको बताए। नेकपा एमाले प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएको उनको भनाइ छ।

उनले मधेशका समस्या समाधान गर्न सबै राजनीतिक दलको सहयोग आवश्यक भएको पनि बताए। मुख्यमन्त्री यादवले विध्वंसात्मक गतिविधि त्याग्न सम्बद्ध पक्षलाई अनुरोध गरे।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान बर्दिबास र सिन्धुलीको सिमानामा पर्ने पानस होटलमा यादवलाई मुख्यमन्त्रीको शपथ गराएकी थिइन्। मुख्यमन्त्री नियुक्तिमा उत्पन्न विवादपछि सरकारले सुमित्रालाई पदमुक्त गरिसकेको छ।

प्रकाशित: २५ कार्तिक २०८२ १५:५२ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast