लुम्बिनीका सभामुखले गरे सचिवालय विघटन

हिमाल प्रेस १ मंसिर २०८२ १७:४७ | Monday, November 17, 2025
20
SHARES
लुम्बिनीका सभामुखले गरे सचिवालय विघटन

बुटवल – लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले सचिवालय विघटन गरेका छन्।

जेनजी आन्दोलन पश्चात बनेको सरकारले सचिवालय नराख्न निर्देशन दिएपछि त्यसको पालना गर्दै उनले सचिवालय विघटन गरेका हुन्।

सभामुख घर्ती मगरले आइतबार अबेर विज्ञप्ति जारी गर्दै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा १० अनुसार प्रदान हुँदै आएको स्वकीय सचिवालय तथा निजी कर्मचारी सुविधा विशेष परिस्थिति र वर्तमान अवस्थामा आवश्यकतालाई मध्यनजर गर्दै स्थगित गरिएको उल्लेख गरेका छन्। सचिवालय हटाउने निर्णय मंसिर १ गते सोमबारदेखि लागू हुने सूचनामा उल्लेख छ।

सभामुखले स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय सहायक, हलुका सवारी चालक र कार्यालय सहयोगिसहितको ५ सचिवालय बनाएका थिए।

प्रकाशित: १ मंसिर २०८२ १७:४७ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast