सडक बनाउन स्थानीयको दश लाख सहयोग

हिमाल प्रेस ११ मंसिर २०८२ १०:२७
2
SHARE
सडक बनाउन स्थानीयको दश लाख सहयोग

म्याग्दी- आफ्ना घरआँगनलाई सडक सञ्जालसँग जोड्न काठमाडौँमा रहेका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जावासीले १० लाख रुपैयाँ सहयोग गरेका छन्।

गुर्जा समाजका अध्यक्ष लीलमाया छन्त्यालका अनुसार देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट संकलन भएको १० लाख रुपैयाँ धौलागिरि गाउँपालिकला–२ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म पुर्‍याउन पालिकालाई प्रदान गरिएको हो। यसअघि गुर्जाको ख्याली नाच समूहले एक लाख रुपैयाँ र हिमाली आमा समूहले दुई लाख रुपैयाँ सहयोग गरेका थिए।

गुर्जामा सडक पुर्याउन संघ सरकारले एक करोड ४० लाख, गाउँपालिकाले ३५ लाख, सहरी विकास मन्त्रालयबाट तीन करोड र गण्डकी प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।

प्रकाशित: ११ मंसिर २०८२ १०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast