सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० उम्मेदवारको नामावली सार्वजनिक

हिमाल प्रेस ८ मंसिर २०८२ ११:०७ | Monday, November 24, 2025
46
SHARES
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रार पदका लागि प्राप्त दरखास्तहरूको प्रारम्भिक छानबिन पूरा गर्दै १० जना उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

मन्त्रालयले गत मंगलबार प्रकाशित गरेको सूचनाअनुसार दरखास्त स्वीकृत भएका उम्मेदवारहरू क्रमशः चन्द्र प्रकाश भट्ट (ललितपुर), प्रमोदकुमार यादव (धनुषा), डबलबहादुर धामी (बझाङ), खेमराज जोशी (कञ्चनपुर), शिवप्रसाद सापकोटा (कैलाली), डमरु पनेरु (कञ्चनपुर), गोविन्दसिंह विष्ट (बैतडी), शिला मैनाली (बारा), भिमबहादुर चन्द (बैतडी) र पदमराज जोशी (कैलाली) रहेका छन्।

मन्त्रालयले प्रारम्भिक छानबिन पार गरेका उम्मेदवारहरूलाई अब आवश्यक कागजात र प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ। रजिष्ट्रार पदका लागि अन्तिम छनोटसम्बन्धी क्रमिक प्रक्रिया मन्त्रालयले तोकेको तालिकाअनुसार अघि बढाइने पनि सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: ८ मंसिर २०८२ ११:०७ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast