प्रदेश संरचना खारेजी गर्दै हिन्दु राष्ट्र र राजतन्त्रको पुनर्बहाली गरौँ : कमल थापा

हिमाल प्रेस २३ कार्तिक २०८२ ८:१४
4
SHARES
प्रदेश संरचना खारेजी गर्दै हिन्दु राष्ट्र र राजतन्त्रको पुनर्बहाली गरौँ : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना तत्काल खारेज गरिनुपर्ने बताएका छन्। मधेश प्रदेशको उदाहरण दिँदै उनले प्रदेश संरचनालाई देशको अर्थतन्त्रले धान्न नसक्ने बताए।

उनले भनेका छन्, ‘२५ दिनमा मधेश प्रदेश सरकार ढल्यो, ३ वर्षमा चार मुख्यमन्त्री, अस्थिरता र भ्रष्टाचारको अखडा, देशको अर्थतन्त्रले धान्न नसक्ने, राष्ट्र विखण्डनको आधार बन्न सक्ने प्रदेश संरचना तत्काल खारेज गरिनुपर्छ।’

राप्रपा नेपालले प्रदेश संरचना खारेजी, हिन्दु राष्ट्र कायम र राजतन्त्रको पुनर्बहालीको माग अघि सार्दै संघर्ष गर्दै आएको छ।

प्रकाशित: २३ कार्तिक २०८२ ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast