स्विट्जरल्यान्ड दूतावास परिसरबाट चितुवा उद्धार

हिमाल प्रेस २५ कार्तिक २०८२ १५:२१ | Tuesday, November 11, 2025
12
SHARES
स्विट्जरल्यान्ड दूतावास परिसरबाट चितुवा उद्धार

काठमाडौँ- राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले मंगलबार नेपालस्थित स्विट्जरल्यान्ड दूतावासको परिसरबाट चितुवा उद्धार गरेको छ। नेपाल प्रहरी र डिभिजन वन कार्यालय, ललितपुरको समन्वयमा चितुवा उद्धार गरिएको हो।

करिब ६० किलोग्राम तौलको चार वर्षे भाले चितुवाको सदर चिडियाखाना जावलाखेलमा उपचार गरिएको छ। कोषका अनुसार गत आर्थिक वर्षमा उक्त टोलीले काठमाडौँ उपत्यकाभित्र र वरिपरि ४८ स्तनधारी, १८१ चराचुरुंगी, ११ सरिसृप र १ माछा प्रजाति उद्धार गरेको थियो।

प्रकाशित: २५ कार्तिक २०८२ १५:२१ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast