वामपन्थी एकताले नेपाली राजनीतिमा तरंग : माधव नेपाल

हिमाल प्रेस १९ कार्तिक २०८२ १७:३२
18
SHARES
वामपन्थी एकताले नेपाली राजनीतिमा तरंग : माधव नेपाल

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नवगठित पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह र जनताको आशा र भरोसाको केन्द्र बनेको बताएका छन्।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले जनताको मन र विश्वास जित्ने तथा देशको समस्या समाधान गर्न यो पार्टी अघि बढ्ने बताए।

सहसंयोजक नेपालले भने,‘आज हामीले एतिहासिक काम सम्पन्न र एतिहासिक सुरुवात गरेको छौँ। यसले सिंगाे नेपाली राजनीतिमा तरंग पैदा गर्नेछ। नेपाली जनताको आशा र भरोसाको केन्द्र बन्नेछ।’

मुलुक अहिले असाधारण परिस्थितिबाट गुज्रिरहेको बताउँदै उनले मुलुकका समस्या समाधान गर्न अन्य वामपन्थी शक्तिलाई एकतामा आउन आह्वान गरे। ‘ढिला नगर्नुस्, जनताको भावना र समयको महत्त्व बुझ्नुस्, आउनुहोस्, एकताबद्ध भएर अघि बढ्ने निर्णय गरौँ,’ सहसंयोजक नेपालले भने।

कम्युनिस्ट पार्टीको अगुवाइमा पञ्चायत र राजतन्त्र अन्य गरिएको, जनप्रतिनिधिबाट संविधान बनाइएको बताउँदै उनले कम्युनिस्ट पार्टीको उपादेयता नसकिएको जिकिर गरे। ‘नेपाली राजनीतिमा इमान्दारिताको अभाव छ,आफ्नो व्यवहारबाट जनताको मन जित्नुपर्छ’, उनले भने, ‘मुलुक र जनताले भोग्नु परेको समस्या हल गर्न ध्यान केन्द्रित गर्नुपर्छ।’

अब कमीकमजोरी स्वीकार्दै जनतामा नयाँ आशा, विश्वास र संकल्प जगाउन सक्नुपर्नेमा जोड दिँदै सहसंयोजक नेपालले त्यसदिशामा नेपाली कम्युनिस्ट पार्टी सफल हुने बताए।

प्रकाशित: १९ कार्तिक २०८२ १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast