प्रेम कथामा बन्यो ‘कुमारी’, दिनेश राउतले सके छायांकन

हिमाल प्रेस ३० कार्तिक २०८२ १७:२३ | Sunday, November 16, 2025
10
SHARES
प्रेम कथामा बन्यो ‘कुमारी’, दिनेश राउतले सके छायांकन

काठमाडौँ- दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘कुमारी’ को छायांकन सकिएको छ। फिल्मको छायांकन शनिबार सकिएको निर्देशक राउतले बताए।

सुसन प्रजापतिले छायांकन गरेको फिल्म प्रेम कथामा आधारित रहेको निर्माण टिमले जनाएको छ। फिल्म गत भाद्र १७ देखि छायांकन सुरु गरिएको थियो।

फिल्मको प्रदर्शन मिति केही दिनमा घोषणा गरिने निर्देशक राउतले बताए। फिल्मको नाम घोषणा कार्यक्रममा सार्वजनिक गरिएको ‘कता छौ मेरो फूल’ बाेलकाे गीत दर्शक चर्चित बनेकाे छ।

फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहनेछ। यो उनीहरूको डेब्यु फिल्म हो। अन्य कलाकारमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारको अभिनय रहनेछ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको फिल्मका निर्माता निर्माता महेन्द्र अधिकारी हुन्। फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) को रहेको छ।

प्रकाशित: ३० कार्तिक २०८२ १७:२३ | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast