कोरिया सरकारले नेपाली कामदारका लागि छुट्टै भिसा सेन्टर स्थापना गर्दै

हिमाल प्रेस १७ कार्तिक २०८२ १५:१६
34
SHARES
कोरिया सरकारले नेपाली कामदारका लागि छुट्टै भिसा सेन्टर स्थापना गर्दै

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालसँग नेपालका लागि कोरियाका राजदूत पार्क ते यङले शिष्टाचार भेट गरेका छन्। सो अवसरमा ते याङले नेपाली कामदारलाई कोरिया रोजगारीका लागि कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको जानकारी गराए।

अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा गर्दै कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे।

कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरूको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिइने बताए।

राजदूत पार्कले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकारबीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको स्मरण गर्दै आगामी दिनमा थप समन्वय र सहकार्यका आशा व्यक्त गरे। कोरियन लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न र नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गरिने बताए।

नेपाली कामदारलाई कोरिया रोजगारीका लागि लैजान सहज होस् भनेर कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको विषय समेत जानकारी गराए।

त्यसैगरी उनले ईपीएस प्रणालीअन्तर्गत रोजगारीका लागि कोरिया गई फर्किएका नेपाली नागरिकहरूको उद्यमशिलता प्रवर्द्धनका लागि नयाँ व्यवसाय सञ्चालन गर्न कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत सहुलियत पूर्ण कर्जा उपलब्ध गराउनका लागि प्रक्रिया अगाडि बढाइएको र सोका लागि आवश्यक सहजीकरण गर्नसमेत अनुरोध गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८२ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast