काठमाडौँ फरेष्ट्री कलेजमा छात्रवृत्तिका लागि दरखास्त आह्वान

हिमाल प्रेस ११ मंसिर २०८२ ११:०१
24
SHARES
काठमाडौँ फरेष्ट्री कलेजमा छात्रवृत्तिका लागि दरखास्त आह्वान

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखाले काठमाडौँ फरेष्ट्री कलेजमा स्नातक तहको बीएस्सी फरेष्ट्री विषयमा निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूबाट दरखास्त आह्वान गरेको छ।

मन्त्रालयको प्राविधिक शिक्षा शाखाबाट प्राप्त पत्र अनुसार शैक्षिक सत्र २०८२/०८३ का लागि कलेजमा पाँच जना विद्यार्थीलाई छात्रवृत्तिमा भर्ना गराउन सिफारिस गर्नुपर्ने भएकाले छात्रवृत्ति नियमावली २०६० (संशोधन सहित) बमोजिम योग्य विद्यार्थीको छनोट प्रक्रिया अघि बढाइएको हो।

उक्त पाँच सिटमध्ये तीन सिट साधारण समूह र दुई सिट आरक्षणतर्फ रहेका छन् जसमा महिला र जनजाति समूहका लागि एक/एक सिट तोकिएको छ। छात्रवृत्ति आवेदन दिन इच्छुक उम्मेदवारहरूले त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान, दिनको शाखाले २०८२ सालमा सञ्चालन गरेको स्नातक तहको प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।

आवेदन मंसिर ११ गतेदेखि १७ गतेसम्म मन्त्रालयको छात्रवृत्ति शाखा, सानोठिमीमा दिन सकिनेछ। दरखास्तका लागि पूर्ण रूपमा भरिएको फारामसहित नागरिकता प्रमाणपत्र, प्रवेश परीक्षाको रोल नम्बर र मेरिट विवरण, प्रमाणपत्र तहको ट्रान्सस्क्रिप्ट एसईईको मार्कशीट, विदेशबाट प्राप्त शैक्षिक योग्यतामा नेपाल सरकार मान्यता प्राप्त समकक्षता प्रमाणपत्र तथा आवश्यक परे नाम, थर वा जन्ममिति फरक भएको अवस्थाको प्रमाणित सिफारिस पत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

मन्त्रालयले तोकिएको योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकलाई तोकिएको म्यादभित्र आवेदन दिन अनुरोध गरेको छ।

प्रकाशित: ११ मंसिर २०८२ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast