संघसंस्थामा अनियमितता बढेको गुनासोपछि काठमाडौँ प्रशासनले थाल्यो छानबिन

हिमाल प्रेस १४ मंसिर २०८२ ५:४५ | Sunday, November 30, 2025
16
SHARES
संघसंस्थामा अनियमितता बढेको गुनासोपछि काठमाडौँ प्रशासनले थाल्यो छानबिन

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भएका संघसंस्थाका पदाधिकारीहरूले आर्थिक तथा प्रशासनिक अनियमितता गरेको गुनासो बढेपछि छानबिन थालिएको छ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता खिमराज भुसालले अनियमितताको गुनासो बढेपछि छानबिन थालिएको बताए।

उनका अनुसार हाल काठमाडौँमा दर्ता भएका केही संघसंस्थामा विधान विपरीतका गतिविधि हुने गरेको, कार्यसमितिले मनोमानी ढंगबाट कार्य गरेको, आर्थिक अनियमितता हुने गरेकोलगायत विषयमा पटकपटक गुनासा आएका छन्। ती गुनासा तथा उजुरी सम्बोधन गर्न समिति बनाएरै छानबिन थालिएको छ।

प्रवक्ता भुसालले गुनासा सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको र समितिले काम थालिसकेको जानकारी दिए।

प्रकाशित: १४ मंसिर २०८२ ५:४५ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast