एनपीएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

हिमाल प्रेस १४ मंसिर २०८२ ६:४८ | Sunday, November 30, 2025
12
SHARES
एनपीएलमा आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दै छन्। खेल अपराह्न ३:३० बजे हुनेछ।

सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ। दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ। प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ। प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ।

प्रकाशित: १४ मंसिर २०८२ ६:४८ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast