सडकमै ट्रक पल्टिएपछि कान्ति लोकपथ अवरुद्ध

हिमाल प्रेस ६ मंसिर २०८२ ८:५३ | Saturday, November 22, 2025
4
SHARES
सडकमै ट्रक पल्टिएपछि कान्ति लोकपथ अवरुद्ध

काठमाडौँ- हेटौँडा जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ।  सडकमै ट्रक पल्टिएपछि कान्ति लोकपथ सडक शनिबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्जबाट काठमाडौँतर्फ औषधि लोड लिएर आउँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक सडकमै पल्टिएको हो।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सडकमा ब्रेकफेल भई अनियन्त्रित भएर पल्टिँदा सो सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ गुडेको र काठमाडौँबाट हेटौँडा आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन्। दुर्घटनास्थलबाट ट्रक हटाएर बाटो सुचारु गराउने पहल भइरहेको डिएसपी बोगटीले जानकारी दिए।

प्रकाशित: ६ मंसिर २०८२ ८:५३ | Saturday, November 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast