सिन्धुलीमा कजारियाको शोरुम सञ्चालनमा

हिमाल प्रेस ११ मंसिर २०८२ १९:१५
2
SHARE
सिन्धुलीमा कजारियाको शोरुम सञ्चालनमा

काठमाडौँ- टायल ब्रान्ड कजारियाले सिन्धुलीमा आफ्नो शोरुम सञ्चालनमा ल्याएको छ। कमलामाई नगरपालिका–६ सिन्धुलीको आदर्शनगरमा कजारियाले शोरुम सञ्चालनमा ल्याएको हो।

साह आइरन एन्ड इलेक्ट्रोनिक्स स्टोर्सले सञ्चालनमा ल्याएको यो शोरुमले सिन्धुली जिल्लामा बढ्दो मागलाई लक्षित गर्दै उच्च गुणस्तरका टायल उपलब्ध गराउने उद्देश्य लिएको छ।

उद्घाटन समारोहमा साह आइरन एन्ड इलेक्ट्रोनिक्स स्टोर्सका सञ्चालक कारिराम साह, स्थानीयलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा कजारियका नेपाल प्रबन्धक अभियश तिवारीलेसमेत सहभागिता जनाउँदै शोरुम उद्घाटन गरेका थिए।

सिन्धुलीको आदर्शनगरमा सञ्चालनमा ल्याइएको यो शोरुममा कजारियाका प्रिमियम टायलहरू उपलब्ध हुने कम्पनीले जनाएको छ।

कजारिया रमेश टायल्स लिमिटेडले अत्याधुनिक प्रविधियुक्त नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन कारखाना स्थापना गरी बजारमा नयाँ मानक कायम गरिसकेको छ। चार हजारभन्दा बढी डिजाइनका विकल्प उपलब्ध गराउँदै आएको कजारियाले आधुनिक सौन्दर्य र टिकाउपनलाई संयोजन गर्दै इन्टेरियर डिजाइनको प्रवृत्तिलाई पुनः परिभाषित गर्दै आएको छ।

प्रकाशित: ११ मंसिर २०८२ १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast