जसपा नेपालको संघर्षका कार्यक्रम सुरु, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

हिमाल प्रेस १० मंसिर २०८२ ७:४२ | Wednesday, November 26, 2025
18
SHARES
जसपा नेपालको संघर्षका कार्यक्रम सुरु, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जसपा नेपालको पार्टी कार्यालय

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि संघर्षका कार्यक्रम सुरु गर्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरू सार्वजनिक गर्दै संघर्षको कार्यक्रम घोषणा गरेबमोजिम बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

जसपा नेपालले मंसिर ११ गते देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ।

जसपा नेपालले मंसिर १९ र २१ गते पार्टीले उठाउँदै आएका माग र मुद्दाहरू अंकित प्लेकार्ड, ब्यानरसहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यालयहरू अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ भने मंसिर २७ गते देखि पौष ४ गते सम्म जिल्ला स्तरीय विरोध सभारजनसभा आयोजना गर्ने बताइएको छ।

जसपा नेपालको प्रदेशस्तरीय जनप्रदर्शन एवं विरोध सभाका कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगन्ज, पुस १७ गते भैरहवामा तय गरिएको छ। यसका अतिरिक्त अन्य विरोधका कार्यक्रमहरू पार्टीको जिल्ला समिति वा प्रदेश समितिले निर्णय गर्न सक्ने बस्नेतले बताएका छन्।

प्रकाशित: १० मंसिर २०८२ ७:४२ | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast