प्रसाईको गिरफ्तारीप्रति संयुक्त जनआन्दोलन समितिको आपत्ति

हिमाल प्रेस ३ मंसिर २०८२ ११:५३ | Wednesday, November 19, 2025
10
SHARES
प्रसाईको गिरफ्तारीप्रति संयुक्त जनआन्दोलन समितिको आपत्ति

काठमाडौँ- राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दुर्गा प्रसाईको गिरफ्तारीप्रति आपत्ति जनाएका छन्।

प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित घरबाटै प्रसाईलाई पक्राउ गरेको थियो। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानका संयोजक प्रसाईले हिंसा भड्काउने गरी अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको प्रहरीको दाबी छ।

सुवेदीले विज्ञप्ति मार्फत भनेका छन्,‘जेनजी आन्दोलनको बलमा निर्माण भएको अन्तरिम सरकारबाट कानुनी राज्यको सम्मान हुन्छ, सुशासन वहाली हुन्छ र कम्तीमा पुराना सरकारका गल्ती कमजोरी दोहोरिन्न भन्ने आम अपेक्षा थियो। जनअपेक्षाविपरीत रातको १२:३० बजे के–के नै बितिहाल्छ भनेजस्तो गरेर सरकारले अभियन्ता दुर्गा प्रसाईलाई उहाँको निवासबाट मंसिर २ गते पक्राउ गरेको छ, जो दुस्खद मात्र नभएर निन्दनीय छ।’

सुवेदीले अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण सभा सम्मेलन गर्ने प्रजातान्त्रिक अधिकार सम्मान गर्न गर्दै अभियन्ता प्रसाईलाई रिहा गर्न माग गरेका छन्।

प्रकाशित: ३ मंसिर २०८२ ११:५३ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast