फाइल तस्बिर
काठमाडौँ- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। बुधबार बिहान पूर्वप्रधानमन्त्रीद्वयबीच भेटघाट भएको हो।
भेटमा खनालले आफ्नी जीवनसंगिनी रविलक्ष्मी चित्रकारको उपचारको सिलसिलामा देखाएको सद्भावप्रति धन्यवाद दिएका थिए।
खनालका प्रेस सहयोगी मिलन उपाध्यायका अनुसार वर्तमान राजनीतिक अवस्थाको बारेमा पनि छलफल भएको हो।
माओवादी र एकीकृत समाजवादीको एकतामा नजाने घोषणा गरेका खनाल मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगेका थिए। एमालेका नेताहरूका अनुसार वार्ता सरकारात्मक रहेको छ।
प्रकाशित: १९ कार्तिक २०८२ ११:५५
प्रतिक्रिया



