काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन्।
बुधबार प्रचण्डसँग भेट्न लागेको कुरा खनालले जानकारी दिए।
जेनजी प्रदर्शनका क्रममा उनको घरमा आगजनी हुँदा झलनाथ पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएकी थिइन्। उनको अहिले भारतमा उपचार भइरहेको छ।
पत्नीको उपचारका लागि सहयोग र सद्भाव व्यक्त गर्ने नेताहरूलाई भेटेर आफूले धन्यवाद दिइरहेको र प्रचण्डलाई पनि सोही कार्यका लागि भेट्न लागेको खनालले बताए।
प्रकाशित: १९ कार्तिक २०८२ ९:३३
प्रतिक्रिया



