जसपा मधेश प्रदेश अध्यक्ष यादवले छोडे पार्टी

हिमाल प्रेस ११ मंसिर २०८२ १४:५३ | Thursday, November 27, 2025
40
SHARES
जसपा मधेश प्रदेश अध्यक्ष यादवले छोडे पार्टी फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोककुमार यादवले पार्टी परित्याग गरेका छन्। जसपा विभाजित भएर केही नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका बेला यादवले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

यादवले देशको वर्तमान राजनीतिक अवस्थामा देश र मधेशको विकास तथा अधिकारको रक्षा मधेश केन्द्रित दलहरूबाट सम्भव नहुने भएकाले साधारण सदस्यसमेत नहरने गरी जसपा परित्याग गरेको जिकिर गरेका छन्।

जसपा परित्याग गरेका यादव नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ। केही महिनाअघि प्रहरीमाथि हातपात गरेको आरोपमा उनी विवादमा मुछिएका थिए।

पछिल्लो समय अशोक राई नेतृत्वको जसपाका राजेन्द्र श्रेष्ठलगायतका केही नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्।

जसपा अध्यक्ष राईले भने राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकल चुनाव चिह्न लिएर चुनावमा जाने समझदारी गरेका छन्।

प्रकाशित: ११ मंसिर २०८२ १४:५३ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast