जसपा बागमतीका अध्यक्ष एमाले प्रवेश

हिमाल प्रेस १० मंसिर २०८२ १८:१० | Wednesday, November 26, 2025
38
SHARES
जसपा बागमतीका अध्यक्ष एमाले प्रवेश तस्बिर : एमाले अध्यक्ष केपी ओलीको सचिवालय

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन्। बुधबार भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरुले गोलेलाई एमालेमा प्रवेश गराएका हुन्।

एमाले प्रवेश गरेपछि गोलेले एमाले लामो इतिहास बोकेको पार्टी रहेको र विद्यार्थीकालदेखि नै यही पार्टीसँग आबद्ध रहेको भन्दै पुनः एमालेमा फर्किएको बताए।

जनता समाजवादी पार्टी नै टुक्रिने अवस्थामा पुगेकाले स्थायी राजनीतिक अवस्था सिर्जना गर्ने पार्टी एमालेमात्रै भएको उनले बताए।

उनले देशमा देखिएको संकट एमालेले मात्रै समाधान गर्न सक्ने उल्लेख गरे।

प्रकाशित: १० मंसिर २०८२ १८:१० | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast