काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन्। उनले आज २ ; ३० मा ललितपुरको बखुन्डोलमा पत्रकार सम्मेलन गर्ने भएका हुन्।
बखुन्डोलको सत्कार क्याफेमा पत्रकार सम्मेलन गरिने उनी निकट स्रोतले जनाएको छ। माओवादी केन्द्रसहितका दलहरू एकीकरण जाने भएपछि शर्मा असन्तुष्ट छन्।
उनी एकतामा नजाने बताइरहेका छन्। यसैबारे आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको उनी निकट स्रोतले जनाएको छ।
प्रकाशित: १८ कार्तिक २०८२ ११:१८ | Tuesday, November 4, 2025
प्रतिक्रिया




