‘अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन चुनौतीपूर्ण छ’

हिमाल प्रेस ११ मंसिर २०८२ १५:०८ | Thursday, November 27, 2025
10
SHARES
‘अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन चुनौतीपूर्ण छ’ फाइल तस्बिर

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेको बताएका छन्।

सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार सामाजिक सुरक्षा कोषले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा ढकालले औपचारिक रुपमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेकाले सरकार लगायत सरोकारवाला सबै गम्भीर भएर लाग्नुपर्ने बताएका हुन्।

उनले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदान रकम उचित क्षेत्रमा परिचालन गर्नुपर्ने सुझाव दिए। साथै उनले सामाजिक सुरक्षा कोषको सेवालाई प्रविधिमैत्री र दायरा विस्तारमा ध्यान दिन आग्रह गरे।

त्यस्तै ढकालले संयमित र समावेशी श्रम बजारको निर्माण कुनै पनि देशको आर्थिक रूपान्तरणको आधारशीला भएको धारणा राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast