फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा

हिमाल प्रेस १५ कार्तिक २०८२ ११:५५ | Saturday, November 1, 2025
16
SHARES
फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा

काठमाडौँ- नेकपा एमाले नेता गोकुल बाँस्कोटाले पार्टी फुटेपछि एकताको आवश्यकता याद गर्नु उचित नहुने बताएका छन् । बाँस्कोटाले आज सामाजिक सञ्जाल एक्समार्फत यस्तो बताएका हुन् ।

‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो । तर, नेपालका वामपन्थी त्यही प्रवृत्तिबाट अभिशप्त छन् । मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगरजस्ता’, बाँस्कोटाले भने ।

उनले यस्तो हुनु गहिराइको चाप र नेतृत्वको राप भएको बताए । भने, ‘फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने ।’

नेकपा ९एकीकृत समाजवादी पार्टी०ले नेकपा ९माओवादी केन्द्र० पार्टी एकता गर्ने निर्णय गरेपछि शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिला एमालेबाट एकीकृत समाजवादीमा गएकाहरूलाई घर फर्किन आग्रह गरेका थिए । ओलीको यो आग्रहलाई नेता भीम रावलले ‘ढोक्सा थापेको’ टिप्पणी गरेका छन् । यसबीच बाँस्कोटाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रकाशित: १५ कार्तिक २०८२ ११:५५ | Saturday, November 1, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast