ललितकला प्रज्ञा प्रतिष्ठानमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

हिमाल प्रेस २४ कार्तिक २०८२ १३:५३
8
SHARES
ललितकला प्रज्ञा प्रतिष्ठानमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘बोडरलेस स्माइल फर स्माइल’ शीर्षकमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ। कात्तिक २३ देखि सुरु भएको प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरेका थिए।

प्रदर्शनीमा नेपाल, जापान, दक्षिण कोरिया, जर्मनीलगायतका देशका ७५ कलाकृति छन्। जसमा नेपालबाट कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्यहरु सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरुणा हिङमाङसहित कलाकार प्रदीप शाक्य, सुन्दर सिंख्वाल, एरिना ताम्राकार, पृथ्वी श्रेष्ठ, मनिषलाल श्रेष्ठ, आशा डंगोल, सम्झना राजभण्डारी, अनिल शाही, भाइराजा महर्जन, विनोद लिम्बू, विनोद प्रधान, दीपक आउजीका सिर्जना समावेश छन्।

यस्तै, जया शर्मा, जेनी घले, कर्मा टासी गुरुङ, कृष्ण लामा, मनोरमा खत्री, मिन थापा, मुना भडेल, नवीन नाल्बो, प्रदीपकुमार बज्राचार्य, प्रद्युम्न श्रेष्ठ, प्रमिला बज्राचार्य, राजन महर्जन, रितु थापा, रोशन प्रधान, सुभाद्री सुभा, सुरेम देशार, दिप्रोज गुरुङका कलाकृति रहेका छन्।

जापानबाट ३५, जर्मनीका २ र कोरियाका तीन जना कलाकारका कलाकृति प्रदर्शनीमा रखिएका छन्। प्रदर्शनी यही कात्तिक २७ सम्म सञ्चालन हुनेछ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्य तथा जिन्जा ग्यालरी जापान र बिन्दु स्पेस फर आर्टिस्ट नेपालले संयुक्त आयोजना गरेको हाे। प्रदर्शनीले आपसी सम्बन्ध विस्तारका साथै सिकाइ आदानप्रदान हुने विश्वास गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast