नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन

हिमाल प्रेस २१ कार्तिक २०८२ २१:१९
14
SHARES
नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन फाइल तस्बिर

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूलाई देश र नागरिकको सेवा र सुरक्षामा समर्पित रहने निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालयमा सञ्चालिन सिसं १७ (क) आधारभूत तालिमको दीक्षान्त समारोहमा महानिरीक्षक अर्यालले यस्तो बताएका हुन्।

उनले जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको सानो गल्तीले व्यक्तिगतमात्र नभई संगठनको छविमा समेत आँच आउने हुँदा हरेक कदममा अनुशासित, विवेकपूर्ण, संयमता र जिम्मेवार भई अघि बढ्नसमेत निर्देशन दिए।

दीक्षान्त समारोहमा महानिरीक्षक अर्यालले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरी पुरस्कृत हुने प्रशिक्षार्थीहरूलाई बधाई दिनुका साथै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।

उनले सीमित स्रोत साधनका बाबजुद अहोरात्र खटिई नागरिक जीवनमा रहेकाहरूलाई समर्पित राष्ट्रसेवक बनाउन अथक प्रयास र मेहेनतको मुक्तकण्ठले प्रशिक्षक वर्गको प्रशंसा गर्दै आफ्ना सन्ततिहरूलाई राष्ट्र सेवाको उच्च मार्गमा पु¥याउने सम्पूर्ण अभिभावकप्रति हार्दिक आभार प्रकट गरे।

महानिरीक्षक अर्यालले आधारभूत तालिमले सम्पूर्ण प्रशिक्षार्थीहरूलाई इमान्दार, कर्तव्यनिष्ठ र सक्षम जुनियर अधिकृतका रूपमा निर्माण गरेको र तालिम दौरानमा सिकेका कुराहरूलाई कार्यक्षेत्रमा सही तरिकाले सदुपयोग गर्नुपर्ने बताए।

प्रकाशित: २१ कार्तिक २०८२ २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast