तनहुँमा घाइते चितुवाको उद्धार

हिमाल प्रेस १ मंसिर २०८२ १४:५९
12
SHARES
तनहुँमा घाइते चितुवाको उद्धार फाइल तस्बिर।

दमौली (तनहुँ)- भानु नगरपालिका-१०, कालीमाटीस्थित ज‌ंगलमा घाइते अवस्थामा फेला परेको चितुवाको आज (सोमबार) उद्धार गरिएको छ। डिभिजन वन कार्यालयको टोलीले घाइते अवस्थामा रहेको चितुवाको उद्धार गरेको हो।

घाइते चितुवा पोथी प्रजातिको वयस्क रहेको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिए। स्थानीयवासीबाट जानकारीमा आएपछि कार्यालयको टोलीले उद्धार गरी उपचारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र ल्याइएको छ। चितुवाको टाउको र शरीरका विभिन्न भागमा चोट रहेको उनले बताए।

प्रमुख भाटले भने, ‘स्थानीयवासीलाई आक्रमण गर्न आएको र ढुंगा हान्ने क्रममा चितुवा घाइते भएको स्थानीयवासीले बताएका छन्।’ घाइते चितुवालाई वन कार्यालयको निगरानीमा राखी पूर्ण स्वस्थ भएपछि सुरक्षित स्थानमा छाडिने उनले बताए।

प्रकाशित: १ मंसिर २०८२ १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast